Monday, April 6, 2020

कार्यक्रम व्यवस्थापन, उपभोक्ता समिती र दिगोपना

कार्यक्रम व्यवस्थापन, उपभोक्ता समिती र दिगोपना

गाउं वा समुदायमा गरिबी घटाउने समुदायलाई विभिन्न सेवा सुविधा पु¥याउन, भौतिक पूर्वाधार निर्माण, जनचेतना आदिको लागि विभिन्न किसिमका विकासका आयोजनाहरु आउछ जनताहरु आँफैले पनि विकासका कार्यक्रमहरुको थालनी गर्न सक्दछन् । विकास गाउं र त्यहाँ वसोवास गर्ने व्यक्तिहरुको लागि भएकोले सरकारी वा गैर सरकारी अन्य जुनकुनै तवरवाट आएपनि त्यो विकास कार्यक्रम संवन्धित गाउँका जनताहरुको सहभागिता विना संचालन गर्न सकिदैन । सहभागिता योजना छनौट गर्न निर्णय प्रक्रियामा हुनुपर्छ । सहभागिता योगदान÷लगानीमा हुनुपर्छ जुन चांही आर्थिक, श्रमदान, सामाग्री जुटाउन आदिमा हुन सक्तछ । अन्त्यमा सहभागिता फाईदाको वाँडफाँड मा पनि उत्तिकै हुनु जरुरी छ ।

कार्यक्रमको व्यवस्थापन ः
व्यवस्थापन भनेको कुनै निश्चित कामको लागि आवश्यक श्रोत साधन, जनशक्तिहरु लाई स्वीकृत प्रक्रिया अनुसार संकलन÷परिचालन गराएर कार्य संचालन गरी लक्षित उद्देश्य हासिल गराउने क्रियाकलाप हो ।
त्यसैले कार्यक्रमको व्वस्थापन भित्र कार्यक्रम शुरु हुनु अगाडि को पूर्वाधार तयार गर्ने व्यवस्था देखि कार्यक्रम समाप्त नहुन्जेलसम्मका आन्तरिक चाँजोपाँजो, रेखदेख, अनुगमन तथा मूल्याङ्कन गराउने कार्यक्रमहरु पर्दछन् ।

कार्यक्रम व्यवस्थापनका ५ वटा कुराहरु ः
  के गर्नेः कार्यक्रमको नाम
  कसरी गर्ने ः रकमको व्यवस्था, श्रोत सामग्री, जनशक्ति, जनश्रमदान, अन्य कुनै निकायको प्राविधिक सहयोग ।
  कहाँ गर्ने ः ठाउँ वा क्षेत्र निश्चित गर्ने
  कहिले गर्ने ः वर्ष, महिना, गते, वार, समय
  कसले गर्ने ः लक्षित उपभोक्ता समूह, समिति, समुदाय, या अन्य कुनै निकायको जिम्मेवारी भए ।


जवसम्म यी पाँच कुराहरु को निक्र्यौल हुँदैन तवसम्म कार्यक्रम अघि वढाउनु हुंदैन ।
यसलाई हामी हातको पाँच औंलामा यसरी राखेर मिलाउन सकिन्छ ः


उपभोक्ता समूह÷समिति समुदाय ः–
       कार्यक्रम संचालनको लागि लक्षित समुदायहरुको बीचबाट उपभोक्त समिति निर्माण कार्यान्वयन समितिको छनौट गर्नु नितान्त आवश्यक छ । यो कार्य गरे पछि कार्य थालनी गरेमा सजिलो हुन्छ । आयोजना, परियोजना÷कार्यक्रमवाट लाभ पाउने व्यक्तिहरु विच छलफल गरेर ५–११ जनाको कार्यान्वयन समिति÷निर्माण समितिको कार्यदल गठन गर्नु पर्छ । यसलाई वोलचालको भाषामा उपभोक्ता समिति पनि भनिन्छ । कार्य प्रकृति अनृुसार फरक फरक नामले उच्चारण गरिन्छ यदि रेखदेख गर्ने हो भने अनुगमन समिति पनि भनिन्छ ।

कार्यान्वयन÷उपभोक्ता समितिको कामहरु ः
१) योजना तर्जुमाका अनुसार कार्यलाई निर्देशित गर्नु ।
२) साधन, श्रोत, साधन, जनशक्ति, जन श्रमदान, औजार, उपकरण जुटाउनु ।
३) तोकिएको समयमा काम भए नभएको यकिन गर्नु तथा संवन्धित निकायमा खवर गर्नु ।
५) स्वीकृति अनुसारको स्वीकृत क्रियाकलापमा खर्च भए नभएको हेर्नु तथा संवन्धित निकायमा पहलगर्नु ।
६) कार्यक्रममा प्राविधिक तथा अन्य समस्या उत्पन्न भए आवश्यक सल्लाह, सुझाव तथा सिफारिस प्रदान गर्नु ।
७) कार्यक्रम संचालनका लागि जुटाईएका सामाग्रीहरु को सुरक्षा दिनु ।
८) कार्य संपादन तथा समापन पश्चात अनुगमन तथा मुल्याङ्ककन कार्यमा सघाउ पु¥याउनु ।
९) कार्य सम्पन्न पश्चात विकास कार्य उपभोग गर्न मद्धत गर्नु ।
१०)कार्यक्रम निरन्तरता तथा संरक्षण, संवर्धन आदिको लागि उपाय गरी स्वामित्व हुनेगरी हस्तान्तरण गर्नमा सहयोग गर्ने ।
११) कार्यक्रमलाई आफ्नो क्षेत्र वरिपरि प्राविधि, तरिका प्रक्रियामा आदिको विस्तार गर्ने ।

दिगोपना ः
कार्यक्रमहरु विभिन्न कारणहरुले गर्दा दिगो हुन सकिरहेको छैन । ती कारणहरु मध्ये लक्षित समुदायको ईच्छा, माग, आवश्यकतामा आधारित नहुनु, स्थानीय श्रोत संस्था, शिप को प्रयोग नगराउनु, लक्षित समुदायको सहभागिता (निर्णयमा, योगदान तथा फाईदाको वांडफाँड मा) नहुनु, स्वामित्व वोध नहुनु, पछि उत्पन्न हुने समस्या तथा कठिनाईको ध्यान नपु¥याउनुमा, जटिल प्रविधि हुनु, वजार, यातायात, स्थानिय उपभोक्तालाई ख्याल नगरिनु, मर्मत संभारकोृ व्यवस्था उपभोक्ताको पहुंचभन्दा वाहिर हुनु कार्यक्रमवाट लक्षित समुदाय वाहिरको समुदायमा पर्न जाने असरको वास्ता नहुनु , कार्यक्रम पारदर्शि नहुनु आदि प्रमुख कारणहरु हुन् । फलस्वरुप कार्यक्रमहरु संचालन गर्दा यी सवै कुराहरुलाई ख्यालगरी गरियो भने कार्यक्रममा दिगोपना आउंछ ।

के तपाईले समूह गठन गराउनु भएको छ ?
समूहको उद्देश्य किटान होला ?
समूहको पाधिकारी चयन त होला ?
समूहको नियमित बैठक –मासिक) मा जानु भएको होला ?
बैठकमा खास खास निणर्य भएको होला र सबैसंग दस्तखत गराउनु भएको होला ?
बचत मासिक नियमित र ऋण पनि आयआर्जन कायम लगानी भएको होला ?
समूहको हिसाब किताब पनि राख्नु होला ?
तपाईको भूमिका सहजीकरण त होला ?


No comments:

Post a Comment