Monday, April 6, 2020

सामाजिक परिचालन


सामाजिक परिचालन

सामाजिक परिचालनको अवधारणा 
      समाज र परिचालनको संयोजन चांही ूसामाजिक परिचालनू हो । एउटै क्षेत्रमा सामुदायिक रुपमा मिलेर वस्ने जाति, जनजाति, वर्ग आदिलाई वुझाउँछ । ुपरिचालनु भनेको कुनै व्यक्ति वा समुहलाई निश्चित उद्देश्य प्राप्त गर्न क्रियाशिल वा तत्पर गराउन सक्नुलाई वुझाउंछ । 
     यसको अवधारणाले सहभागितात्मक पद्धति, शसक्तिकरण, सामाुदायिक संगठन तथा सामाजिक आन्दोलनका सिद्धान्तलाई समेट्छ । तर सामाजिक परिचालनको अवधारणा गरिव विपन्न तथा पिछडिएको वर्गको दिगो विकास को लागि आधारभूत कार्य, सिद्धान्तको रुपमा व्याख्या र प्रयोग हुनुपर्दछ । विशेषगरी गरिबि नै प्रमुख चुनौती रहेको अवस्थामा नेपालको सामाजिक वनोटले सामाजिक परिचालनलाई गरिवी न्युनिकरण÷निवारण तर्फका प्रयासहरुमध्ये एक प्रमुख माध्यम वनेको छ । 
गरिवका वहुआयामिक पक्षहरुको विशेषगरी गरिबीलाई काम गर्ने ग्रामीण भेकका समुदायलाई संगठित, स्वावलम्वी र जागरुक गराउन, समुदायमा आधारित संगठनले श्रोत निर्माण र क्षमताको विकासको साथै आपसी सहयोगवाट कार्य गर्नुपर्छ भन्ने भावना जागृत गराउदछँ । फलस्वरुप समुदायमा उनीहरु भित्र सुसुप्त अवस्थामा रहेका अन्तर निहित क्षमताको प्रयोग तथा आफैं क्रियाशील भई आफ्ना आवश्यकताको पहिचान गर्न सक्दछन् । आफै श्रोत जुटाई आफ्नै क्षमता र सक्रिय सहभागीतामा कार्यक्रम कायान्यव, अनुगमन, मुल्याङ्कन गर्ने कार्यमा संगठित भएर जुटन सक्दछन् । यो प्रक्रिया द्धारा गरिव, विपन्न तथा पिछडीएका समुदाय, लिंग, जाती, वर्गहरुको आर्थिक एवं सामाजीक रुपान्तरणमा सहयोग गर्दै ग्रामीण समुदायको जीवनस्तर उकास्ने मूल उद्धेश्य सामाजीक परिचालनले राखेको हुन्छ ।
सरल भाषामा सामाजीक परिचालन भन्नाले गरिव, उपेक्षित, उत्पीडीत तथा विपन्न वर्गहरुको सामुहिक हितका लागि सामाजिक उद्धेश्य प्राप्त गर्न उनीहरुलाई सुक्ष्म तथा बृहत रुपमा सामाजीक अनुसंधान, योजना, कार्यानवयन, अनुगमन तथा मुल्याङ्कन एवं वकालत गर्ने काममा सहभागीता गराउने प्रक्रियालाई बुझिन्छ । 

सामाजीक परिचालन लक्ष्य र उद्देश्य
लक्ष्य ः 
     गरिव उपेक्षित र विपन्न तथा पछाडि पारिएका वर्गहरुको सामाजीक तथा आर्थिक रुपान्तरणका लागि उनीहरुलाई सशक्तिकरण गर्नु हो अथवा आफ्नो विकास आफैं गर्ने सक्षम बनाएर उनीहरुको जीवनस्तर उकास्नु हो । 

      उद्देश्यहरुः

  समुदायमा महिला र पुरुषहरुमा आत्मविश्वास तथा सचेतनाको अभिबृद्धि गर्ने ।
  साक्षरता र प्राविधिक क्षमता जस्ता आधारभुत शिपहरुको विकास गरी उनीहरुको विकास योजना तथा कार्यान्वयन प्रत्रियामा सहयोग पु¥याउने ।
  आर्थिक श्रोतहरुलाई आन्तरीक रुपमा मजबुत पार्ने क्षमताको विकास गरी उनीहरुको लागि उनीहरु द्धारा नै गर्ने दिगो विकासमा सहयोग गर्ने ।
  समुदायको वास्तविक समस्या र कठिनाई पता लगाउने 
  समुदायको क्षमता, श्रोत र साधन पहिचान गरी सो को विकास गर्न प्राथमिकता दिने ।
  समुदायमा आत्मनिर्भरता बढाउन तथा स्वाबलम्बी बनाउने 
  आफ्नो क्षमतालाई योजना निमार्ण, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन गर्न सक्ने बनाउन सहयोग गर्ने ।

सामाजीक परिचालनका मूख्य मूख्य क्षेत्रहरुः 

  धार्मिक प्रचार प्रसार
  राजनैतिक परिवर्तन 
  सामाजीक परिर्वतन तथा आन्दोलन, सास्कृतिक परिर्वतन
  कल्याणकारी सेवा
  मानव अधिकार
  सहकारी आन्दोलन
  गरिवी न्यूनीकरण÷निवारण (आर्थिक परिर्वतन)
  राष्ट्रिय अभियान (खोप, साक्षरता, परिवार नियोजन कृषि विकास आदि)

सामाजीक परिचालनका आधारभूत विशेषताहरुः

  बहुआयामिक पद्धतिमा आधारित
  गतिशील प्रक्रिया
  विकासको लागि साधन एवं साध्य दुबै
  स्वचालित प्रक्रिया
  लक्षित समुदाय तथा सम्पूर्ण समाज नै यसैमा संलग्न
  समुदायको सहभागीता तथा वकालतलाई संयोजन गरेको
  प्रक्रिया व्यापक सहभागीतात्मक विश्लेषणमा आधारित 
  समूहगत प्रयासमा आधारित
सामाजिक परिचालन (क्यअष्ब िःयदष्ष्शिबतष्यल) 
के हो ? 
    एउटा प्रकृया (एचयअभकक) हो । 
  वितरण (म्भष्खिभचथ) गर्ने माध्यम हो । 
  एक अर्कासंग घुलमिल (ज्यmयनभलष्शबतष्यल) गर्ने माध्यम हो । 
  एउटा सहभागिमुलक र सामाजिक पूँजी निर्माण गर्ने माध्यम हो । (एबचतष्अष्उबतयचथ बलम क्यअष्ब िऋबउष्तब)ि

किन गरिन्छ ? 
  व्यक्ति÷कृषकहरुलाई समुहीकृत (इचनबलष्शभ) गर्ने । 
  चेतना अभिवृद्धि गर्न । 
  उत्पे्ररणा जगाउन ।
  शशक्तिकरण गर्न 
  संस्थागत विकास गर्ने । 

सामाजिक परिचालनका चरणहरु ः
१) सामाजिक तयारी 
  कृषकहरुलाई भेला गर्ने । 
  गाउं स्तरीय साधनहरु, शिपको एकिन गर्ने । 
  समान उद्देश्य र आवश्यकता भएका कृषकहरुलाई समुहमा आवद्ध गर्ने । 
  नियमित बैठकहरु गर्न लगाई क्षमता अनुसार मासिक÷पाक्षिक रुपमा नियमित वचत गर्न लगाउने । 
  आयोजनाले गर्न खोजेको कार्यहरुलाई पारदर्शी तरिकावाट जानकारी दिने । 
  गाउँ स्तरीय विकासका सम्भावनाहरुलाई पहिल्याई प्राथमिकता निर्धारण गरी कार्यान्वयन गर्न सहयोग पु¥याउन । 
२) क्षेमताको विकास 
  ज्ञान शिपमा वृद्धिगर्न व्यवहारिक तालिमहरु संचालन गर्ने । 
  देखेर उत्साह एवं आत्मविश्वास वढाउने नमूना ठाउंहरुको अवलोकन गर्ने । 
  समुहगत रुपमा अन्तरकृयाहरु गराउन । 
  समूहलाई वलियो वनाउन लेखा राख्ने, नेतृत्व विकास कार्यालय व्यवस्थापन, समुह व्यवस्थापन आदिको ज्ञान दिने । 
३) संस्थागत विकास 
  समूहलाई संस्थागत रुपमा सहयोग गर्ने । 
  कानुनी मन्यता दिलाउने, (जिल्ला सहकारी, जिल्ला प्रशासन कार्यालय, जि.वि.स., जि.कृषि वि. कार्यालय, पशु सेवा कार्यालय आदिमा दर्ता गराउने) । 
  समान उद्धेश्य भएका अन्य संघ संस्थाहरु सित श्रोत वाँडफाँड एवं समन्वयात्मक रुपमा अगाडि वढाउन सम्वन्ध वढाउने । 
सामाजीक परिचालन मूलमन्त्रहरु
  संगठन विकास  ः  व्यक्तिहरु समूहमा आवद्ध हुनुपर्छ ।
  पूँजीको विकास  ः  समूहमा आवद्ध व्यक्तिहरुको बचतबाट पूँजीको विकास हुन्छ ।
  शीपको विकास ः व्यक्तिहरुको व्यक्तिगत, सामुहिक तथा पूजीगत शक्तिको सदुपयोग गरि जीवनस्तर उकास्ने हिसाबले शीपको विकास हुनुपर्छ ।

यसलाई गरिवी न्यूनीकरणका लागि  ३ ुसु पनि भन्ने गरिन्छ ।
स . समूह
स . सानो पूँजी
स . शीप

सामाजिक परिचालनका चरणहरुः
स्वपरिचालित एवं सामाजिक आन्दोलन प्रक्रिया 
सातौं चरण परामर्श नीति एवं मूल्याङ्कनमा परिवर्तन 
छैठौं चरण सामाजिक गठवन्धन तथा कार्यतन्त्र कार्यतन्त्र तथा एकता 
पाँचौ चरण सामाजिक मूल्याङ्गन कार्यक्रम एवं संस्थाको मूल्याङ्कक 
चौथो चरण सामाजिक कार्य कार्यक्रम योजना तर्जुमा एवं कार्यान्वयन 
तेस्रो चरण सामाजिक पूंजी निर्माण सामुदायिक संगठन र क्षमता अभिवृद्धि
दोश्रो चरण सामाजिक विश्लेषण अवस्था विश्लेषण 
पहिलो चरण वार्तालापको थालनी वस्तुस्थिति लेखाजोखा एवं घुलमिल 

सामाजिक परिचालन प्रक्रिया












समूह गठन प्रकृया
समूहको कार्य सामाजिक एवं मनोवैज्ञानिक जटिलता वोकेको मानव जाती संग सम्वन्धित हुने भएकोले गठन अघि देखी नै विशेष विचार पु¥याउनु पर्दछ । 

समूह गठनका खुड्किलाहरुः 
क) समुदाय भित्र प्रवेशः
उत्प्रेरक रसहजकर्ता रप्रसारकर्तार आयोजक÷सामाजिक कर्ता ले विभिन्न श्रोतबाट ९सहभागीतात्मक ग्रामीण लेखाजोखा–एच्ब्र भ्रमण र  अवलोकन ÷छलफल ÷बिगत अनुभव÷ब्यक्तिगत० आफ्नो कार्यक्षेत्रका निम्ती विषयहरुमा जानकारी बटुल्नु पर्दछ । 
समुदायको आर्थिक, सामाजिक तथा सामुहिक आवश्यकता तथा चाहना
समस्या समाधान गर्ने परम्परागत वा बाह्य तरिका बारे
समुदायको शक्तिकेन्द्र तथा अगुवाई गर्नेको छ भन्ने बारे
समुदाय र सेवा प्रदाय गर्ने संस्थाहरु बीचको सम्बन्ध बारे

ख) लक्षित वर्ग पत्ता लगाउने 
ग) समुह निमार्ण बारे छलफल प्रारम्भ गर्ने
स्थानीय व्यक्तिहरुको बैठक आह्वान
वर्तमान अवस्थाको बारेमा समिक्षा गर्ने
आफ्नो तर्फबाट हुन सक्ने सहयोग बारे जानकारी
सहभागीतात्मक समूह पद्धती वारे छलफल (साझा अधिरुची उद्देय, मेहनत एवं ईमान्दारिता विधान वैठक संचालन कार्यक्रम संचालन उपलव्धि मुल्याङ्कन आदि) 

घ) समूह स्थापित गर्नेः

भरसक सानो १५–२० जना सम्मको) समान अवस्थाका व्यक्तिहरु वीच समुह गठन भएमा विवाद कम हुने र विश्वास वढ्ने हुन्छ । 
समुह प्रति आस्था राख्ने मानिसलाई आवद्ध हुन पे्ररित गर्ने । 
समुह प्रजातान्त्रिक अभ्यास एवं स्वीफूर्तमा आधारित हुनुपर्दछ 
समुहका सदस्य वन्न ईच्छुक व्यक्तिहरुको सूची तयार पार्ने । 
सदस्यहरुको निम्न काम कर्तव्य वारे जानकारी दिनेः 
– नियमित वैठकमा भाग लिनु 
– सदस्यता शुल्क तिर्नु 
– अन्य सदस्यलाई सहयोगगर्नु 
– हितकोषमा योगदान गर्नु 
महिला सहभागिताको लागि प्रोत्साहित गर्नु पर्दछ । 
समुहको नामाकरण (स्थान विशेषवस्तु, विशेष देवी देवता, विशेष व्यक्ति)
वैठकको मिति र समय निर्धारण 
वैठकमा भाग लिनुको महत्ववारे छलफल 
सदस्यहरुवीच अन्तरक्रिया को महत्व वारे छलफल 
समूह स्वावलम्वी वनाउने तत्वहरु वारे छलफल –नेतृत्व आर्थिक योगदान, अभिलेख) 
विधान निर्माण 
समूहको औपचारिक गठन 

सकृय समूहका लक्षणहरुः
सवैको सहमतिमा निर्णय गर्नु 
निर्णय र छलफल प्रकृयामा प्रजातान्त्रिक अभ्यास गर्नु 
समुह प्रति कटिवद्ध हुनु 
स्वावलम्वी भावनाको विकास 
आपसी समझदारीको विकास 
समूह सदस्यहरु वीच सहयोग 
समूहले उत्पादन कार्यमा जोखिम लिन  सक्नु
समूह वचावटको लागि संघर्ष 
सक्षम नेतृत्वको विकास 
सम्वन्धित निकायहरुसंग सुमधुर सम्वन्ध 
समूहको कार्यक्रममा सकृया सहभागिता 
प्रभावकारी सञ्चारकर्ता वन्नु 
सीप र ज्ञानको विकास हुनु 
समूह अन्तर्गत सफल उपसमूहको विकास हुनु वा उत्पत्ती हुनु 
समुह सदस्यहरुको मानसिक एवं व्यवहारमा परिवर्तन आउनु 
स्वरोजगारीको अवसरको विकस वा थालनी हुनु 
सदस्यहरुको जीवनस्तरमा सुधार हुनु । 

निष्कृय समूहका लक्षणहरु 
समूहमा अनुत्पादक गतिविधि वढ्नु 
नियमित वैठक नवस्नु 
सदस्यहरु वीच अनावश्यक वादविवाद 
हितकोषको दुरुपयोग 
आपसी झगडा वढ्नु 
नेतृत्व कमजोर हुनु 
समुह प्रति आस्था घट्नु 
विधान उल्लंघन 
एकले अर्कोलाई थिचोमिचो गरेको अनुभव हुनु । 
जिम्मेवारी लिन नखोज्नु 
सदस्यहरु व्यक्तिगत स्वार्थमा वढी र सामुहिक स्वार्थमा कम ध्यान दिनु । 

त्यसैले यो बुझि राखौं.




समूहको हितकोष परिचालन र समुहको कार्यक्रम तर्जूमा
हितकोष ः 
समुह सदस्यहरुको स–साना वचतले पनि समुहमा धनराशी जम्म हुन्छ जसलाई हितकोष भनेर भनिन्छ । 
हितकोष जम्मा गरेर मात्र हुंदैन परिचालन पनि गर्नु पर्दछ । उत्पादनशील कार्यमा लगाउन पहिलो प्राथमिकता हुनुपर्दछ । 
हितकोष प्रति सवैको बक्रध्यान गई रहन्छ । अतः हितकोषको आय व्यय तथा उपयोगको लेखा परिक्षण गराई नगदवाट सवैलाई पारदर्शि वनाउनु पर्दछ । 
अभिलेख सवैले वुझ्नेगरी दुरुस्त राखी समय समयमा हिसाव देखाउने व्यवस्था मिलाउनु पर्दछ । 
समुहको हितकोषले समुहको क्रियाकलाप वढाउंछ र समुहलाई काम गर्ने आंट प्रदान गर्दछ । तसर्थ समुह वल नै हितकोष हो । 
हितकोष समुहको आत्मा हो त्यसैले हितकोष जम्मा गर्नाले ः 
वचत गर्ने वानी वस्छ, 
आत्मनिर्भरता वढ्छ, 
आकस्मिक खांचो पूर्ति गर्न सकिन्छ,
लगानीकर्तालाई विश्वास दिलाउने अवस्थाको श्रृजना हुनेहुंदा विकासको लागि आधार हो । 
समूहको आर्थिक दुःख सुखको सहारा हो । 
समूहको कार्यमा तर्जूमा 
समूहको लागि वनाईने योजना समूहले नै वनाउनु पर्दछ । समूहको श्रोत र साधन तथा सम्वन्धित निकायहरुवाट प्राप्त हुन आउने सहयोगलाई दृष्टिगतगरि समूहको कार्यमा सहयोग गर्ने सम्पूर्ण सरोकारवाला निकायका प्रतिनिधि र समूहका सदस्यहरुको संलग्नतामा के के कार्यक्रम संचालन गर्ने हो सो को वार्षिक योजना समूह सदस्यहरुवाट नै तयार गरिने अवधारणा नै समूहको कार्य तर्जूमा अर्थात न्चयगउ एबिललष्लन हो ।

समूहको कार्यक्रम तर्जूमा किन ? 
  समूहको दक्षतामा वृद्धि हुन्छ । 
  योजना अनुसार कार्यक्रम संचालन गर्दा सजिलो हुन्छ । 
  समूह वढी संगठित वन्दछ । 
  समूह व्यवस्थापन र सञ्चालन गर्न सरल 
  नियमित अनुगमन, सुपरिवेक्षण र मुल्याङ्कन गर्न मद्धत पुग्दछ । 
  वढी प्रभावकारी र कुशल पद्धती 
  आत्मविश्वासको भावना जागृत हुन्छ । 
  व्यक्तिगत एवं सामुहिक आत्मनिर्भरताको विकास 
  व्यवस्थापन क्षमताको विकास 
  उद्देश्यमूलक प्रगती हासिल गर्न सकिने । 

अन्त्यमा
समूह भित्र वैठक सञ्चालन र अभिलेख प्रणालीको सही र समुचित तवरवाट सञ्चालन गर्नु पर्दछ । अन्यथा विवदका कारक तत्व यिनै वन्न पुग्दछन् । 

समूहमा विवाद र विवाद समाधानका तरिका
समूहमा विभिन्न ठाँउका जातजाती, विभिन्न इच्छा भएका व्यक्तिहरु भएकोले बेला बेलामा समूहमा विवाद उत्पन्न हुने गदर्छ ।
समूहमा विवाद उत्पन्न हुने प्रमुख कारणहरु ः 
समूहमा विवाद उत्पन्न भयो भने त्यो समूहले प्रभावशाली रुपमा कार्य गर्न असमर्थ हुन थाल्दछ, त्यसैले समूहलाई सदैव सक्षम र सवलरुपमा प्रभावशाली वनाउनको लागी समूहमा विवाद उत्पन्न हुने कारणको वारेमा जानकारी राखी विवाद आउन नदिन अग्रसर हुनु पर्दछ । 
तल उल्लेखित प्रभावशील समूहका विशेषता वा चरित्रमा केही तलमाथि पर्नुको मतलव नै समुहमा विवाद उत्पन्न हुनुका कारणहरु वन्न जानु हो । तसर्थ समूहलाई संगठित, वलियो प्रभावशाली एवं जिवन्त वनाईराख्नको लागि प्रभावशील समूहका चरित्रलाई सवैले मनन गरी त्यस अनुरुप आफ्ना कृयाकलापहरु संचालन गर्दै जाने हो भने समूहमा विवाद आउने समस्या रहंदैन र सामान्य विवाद आएता पनि समाधान गर्न त्यती असहज हुंदैन भन्ने लाग्दछ । 

समूहमा विवाद आउने कारणहरुमाः 
समूह सदस्यहरुको फरक फरक चाहना 
अरुको सफलतामा देखिने ईष्र्यालु भावना 
अनुमानित फाईदा हासिल गर्नमा असफलता 
समुहकोे काम कार्यवाही पारदर्शी नहुनु 
विधान उल्लंघन 
स्वार्थी मनोवृत्ति
हितकोष परिचालन प्रकृया 
वैठकको निर्णय कार्यान्वयन 
नेतृत्वको कार्यशैली
समूहको भावी कार्यक्रम सञ्चालन प्रकृया ।

विवाद सुल्झाउने तरिका ः 
१) वार्ता द्धारा (ऋयmmगलष्अबतष्यल)
२) सहमती द्धारा (ब्अअयmयमबतष्यल)
३) एकता द्धारा ९ब्बmबनिबmबतष्यल)
४) संझौता द्धारा (ब्ककष्mष्बितष्यल)
५) तर्क द्धारा (च्बतष्यलबष्शिबतष्यल) 
६) सहयोग द्धारा  (ऋययउभचबतष्यल०







कृषक समूह
समूह के हो ? 
साझा उद्धेश्यले 
समन्वय राखी
समस्याहरुको
समाधानको लागि 
मू मिलीजुली
मुकाविला गरी 
हल गर्ने 

”साझा उद्देश्ले वा लक्ष प्राप्तीको लागि दुई वा दुई भन्दा वढी व्यक्तिहरु मिली आपसी अन्तरक्रियाका आधारमा वनेको ईकाई वा झुण्डलाई समुह भन्दछन् ।“
आकार ः १५–२० जना राम्रो 
समूहको महत्व तथा फाईदा 
समूह किन ? 
  वढी कृषकलाई कायृक्रममा समावेश गराउन सकिने 
  साना तथा मझौला कृषकको सहभागितामा वृद्धि हुने 
  प्रविधि विस्तार प्रभावकारी सूचना आदान प्रदान
  स्थानीय समस्याको स्थानीय तवरमै समाधान हुने 
  स्थानीय नेतृत्वको विकास हुने 
  स्थानीय नेतृत्वको विकास हुने 
  स्थानीय श्रोत र साधनको परिचालन 
  क्षेमताको विकास 
  जनचेतना 
  कार्यक्रमप्रति आत्मविश्वास 
  आत्मनिर्भरता 

समूहको चार अवस्था 
    १) निर्माणको अवस्था 
    २) जागरणको अवस्था 
    ३) विधान मर्मतको अवस्था 
    ४) कार्यगत अवस्था  

समूह गठन र परिचालन 

कसरी ? 
उद्देश्य निर्धारण 
नामाकरण 
पदाधिकारीको छनौट 
कामको वाँडफाँड 
नीति नियम निर्धारण 
हितकोष स्थापना 
हितकोष परिचालन 
समूह वैठक 
कार्यक्रम वारे छलफल योजना 
वजारको माग अनुसार वाली, जात र लगाउने क्षेत्रफल निर्धारण 
वजार भाउको आधारमा वाली लगाउने समय निर्धारण 
विउको परिमाण र श्रोत 
समुहगत विउ खरिद 
वालि प्रदर्शन, तालिम, भ्रमण तथा अन्य प्राविधिक 
समुह व्यापार 
अन्य 
कार्यक्रम संचालन 
रेकर्ड राख्ने 
नेतृत्व विकास 
समुहको विधान 
विधान दर्ता  
संस्थागत विकास 




















समूह (अगुवा) नेतामा हुनुपर्ने गुणहरु  
उत्साही र उत्साह दिने । 
जागरुक÷कार्य वोझ लिन ईच्छुक । 
उदाहरणीय वन्ने÷अनुकरणीय 
अनुयायीवाट नेता तयार गर्ने 
राम्रो आचरण÷ईमान्दार । 
योग्य र अध्ययनशील । 
सवैसंग समान व्यवहार गर्ने । 
निस्वार्थ भावना भएको । 
सवैले पत्याउने÷विश्वासपात्र । 
सवैसँग हिलमिल गर्न सक्ने । 
नयाँ÷नयाँ अवसर प्रति अग्रसर । 

समुहभित्र पाईने व्यवहार विश्लेषण र वर्गीकरण 

क) असहयोगी व्यवहार 
समूह वन्न नदिने । 
गरीवलाई संगठित हुन नदिने । 
तल्लो वर्गलाई अगाडि वढ्न नदिने । 
आफ्नो स्वार्थ मात्र हेर्ने । 
आफुलाई मात्र अगाडि राख्ने र ठूलो वन्ने । 
आफु पनि नगर्ने र अरुलाई पनि गर्न नदिने । 
कसैले राम्रो गर्न खोजे वाधा गर्ने । 

ख) सहयोगी व्यवहार 
अरुलाई अगाडि वढाउने काम गर्ने । 
गरिवलाई साहस दिने र रक्ष ागर्ने । 
तल्लो वर्गको भलो चाहने र सहयोग गर्ने । 
सामुहिक भावनालाई वढाउन खोज्ने । 
एकता र समन्वयमा प्राथमिकता दिने । 

ग) सामुहिक व्यवहारको वर्गिकरण 
भाँड सिंह ः प्रत्यक्ष नकारात्मक 
विगार सिंह ः अप्रत्यक्ष नकारात्मक 
गर सिंह ः सकारात्मक 
सपार सिंह ः सकारात्मक 
हेर सिंह ः तटस्थ 
भाग सिंह ः तटस्थ 
जासुस सिंह ः अप्रत्यक्ष नकरात्मक

असफल समूहका मुख्य कारकतत्वहरु 
नेतृत्वको कमी,
अविश्वासको वातावरण ,
असमान व्यवहार,
निर्णयमा सिमित सदस्यको सहभागिता,
व्यक्तिगत स्वार्थको प्रमुखता, 
अनियमित वैठक÷छलफल, 
आयआर्जनको सिमित अवसर,
नीति÷नियम वा कार्य विधिको अस्पष्टता, 
श्रोत र साधनको असमान वितरण, 
राजनीतिक कुप्रभाव, 
एकता÷समन्वयको कमी ।

समूहको सफलता 

मुख्य कारक तत्वहरु 
सहमतिको आधारमा निर्णय, 
एक अर्काप्रति विश्वास, 
समुहको कटिवद्धता, 
समस्याको समाधान समुहवाटै, 
योजना तर्जूमा तथा कार्यान्वयनमा सक्षम,
चेतनाको विकास, 
नयाँ नयाँ अवसर प्रति जागरुक र अग्रसर,
संगठनात्मक विकास, 
मवाट हामीको भवना, 
आत्मनिर्भरता तिर अग्रसर 

दिगो समूहका विशेषताहरु 
स्पष्ट र सर्वमान्य उद्देश्य, 
समुहले समुह विकासका चार वटै चरण पार गरेको हुनुपर्ने । 
समान भाष, रहन सहन र संस्कृती भएको हुनुपर्ने । 
समुहका सदस्यहरुले निभाउनु पर्ने भूमिका स्पष्ट हुनुपर्ने र आफ्नो जिम्मेवारीवाट नपन्छिने, 
समुहका सदस्यहरुले समुहको कार्यक्रम र संगठनिक ढाँचा आवश्यकता अनुसार परिवर्तन गर्न सक्ने । 
समान उद्देश्य भएका अन्य सरकारी एवं गैर सरकारी संस्थाहरु सित वलियो सम्वन्ध स्थापित भएको । 


समुदायको विकासमा सामाजिक परिचालकको भुमिका महत्व तथा गुणहरु 
सामाजिक परिचालक को हुन ? 
सामाजिक परिचालक ः 
कषकको साथी, 
मध्यस्थ कर्ता 
सहजकर्ता, उत्प्रेरक
समाज परिवर्तनकर्ता
सामाजिक अभिन्नता 
कार्यालय र कृषक विचको दूरी कम गर्ने माध्यम ।
कार्यक्रमको उद्देश्य अनुरुप कृषक र कृषक समूह÷समिति मार्फत कार्यक्रम संचालन गर्नु गराउनु नै सामाजिक परिचालकको मूख्य भूमिका हो । 

  भुमिकाहरु अपेक्षा गरिएका कार्यहरु 

१) विषय विशेषज्ञः अनुसन्धानको आधारमा विषयगत पुर्ण ज्ञान प्राप्त गर्नु र विषयमा पूर्णरुपले पुनर्ताजकी हुनु । 
२) टोलि सदस्य ः सामुहिक प्रयासमा योगदान दिनु र सहयोगी वन्नु । 
३) अनुयायी ः नेतृत्वले निर्धारण गरेको लक्षअनुसार आफ्नो काम कार्य मिलाउँदै लानु । 
४) शिक्षा विद ः आवश्यकताको लेखाजोखा गर्नु, वयस्कले सिक्ने तरिका  वुझ्नु, 
    याुवाहरुले कसरी सिक्छन् सिकाउंछन् पृष्ठपोषण
    लिन्छन् ? प्रगतिको मूल्याङ्कन गर्नु । 
५) सिकारु ः सिब्ने क्षेत्र वढाउनु, खोज्नु, नयाँ कषक प्रति तरिका अनुभव वातावरण 
    तथा अवसर प्रति खुला रहनु 
६) सुपरिवेक्षक ः आर्थिक सुविधा सहुलियत, व्यक्ति, नागरिक हकवारे प्रशासन गर्नु र 
   व्यावसायिक विकास उपलव्ध गराउनु, 
   कार्यसंचालन सम्वन्धि मूल्याङ्कन गर्नु । 
७) अगुवा ः नीति निर्धारण, दिशा निर्देश गर्नु, श्रोत साधन उपलव्ध गराउनु, 
८) व्यवस्थापक ः कार्यक्रम कार्यान्वयन र संयोजन गर्नु । जानकारी, वित्त र श्रोत साधनको सक्षम र प्रभावकारी परिचालन गर्नु 
९) संजालकर्ता ः जानकारी लिने दिन सहयोग गर्ने, अन्य सम्पर्क पहिचान गर्ने । 
१०) आयोजक ः आफ्नो समय व्यवस्था गर्नु, कार्य र विषयसुचीको प्राथमिकरण गर्नु, योजना गर्न कार्य संपादन समयमै गर्नु र कार्यक्रमको वजार व्यवस्थापन गर्नु । 
११) सहजकर्ता ः कृषक बीच सम्पर्कलाई सजिलो वनाउनु र वैठकमा सरल र सहज कार्यसंचालन गर्नु । 
१२) सामर्थवान ः अधिकार प्रत्यायोजन गर्नु, हासिल हुन सक्ने कार्यको लागि निर्देशन दिनु÷अवसर दिनु । 
१३) मध्यस्थकर्ता ः साझा जगको खोजी गर्नु, द्वन्द्धको विश्लेशष गर्नु 
१४) एकता निर्माता ः विभिन्न समुहहरुको परस्पर सहयोग साथै प्रतिस्पर्धाको स्थितिलाई समायोजन पार्न ती समुहहरुको विभिदतामा सहयोग र समन्वय प्रदान गर्नु ।
१५) कार्यक्रम रचनाकार ः विषय सूची वा तौर तरिकाको निर्माण गर्नु जसको फलस्वरुप सिकाई र वुझाईको कार्य हुने । 
१६) श्रोत व्यक्ति ः विशेषज्ञको सरसल्लाह प्रदान गर्नु, जानकारी र ज्ञान दिनु । 
१७) कार्य सम्पादक ः आत्म सूचना तथा जानकारी प्रभावकारी का साथ प्रस्तुत गर्ने 
१८) संचारकर्मी (लेखक) ः संचारको लागि उपलव्ध श्रोत साधन र प्रविधि उपयोगी र लाभ हुनेगरी प्रयास गर्ने । 
१९) स्वंसेवी ः आफ्नो शीप र क्षेमतालाई काम र अवसरको गहनताको आधारमा प्रदान गर्ने, अभिप्राय र संकल्प प्रति प्रतिवद्ध हुने । 
२०) अन्य .......................................... । 

सामाजिक परिचालको महत्व 
ग्रामिण स्तरको जनताको आर्थिक, सामाजिक तथा चेतनाको स्तर उकास्ने समूह, समितिको गठन र संचालन गरि समुहको राम्रो व्यवस्था गर्ने । 
मार्ग दर्शकको रुपमा जनताको मनोवललाई जित्न सक्ने ग्रामिण जनतालाई कार्यक्रम प्रति आकर्षित गराउन । 
परिचालकले आफ्नो कार्यक्रमको उद्देश्य अनुरुप श्रोत साधन र शीपको पहिचान गरि स्थानिय जनतावाट नै तिनीहरुको परिचालन गर्न । 
कृषकको् चोतना स्तरमा वृद्धि गर्न लगनशील÷अगुवा कृषक वनाउन 
समूहमा स्वीकृत नियम कानुन वा नियमावलीको पालना गराउन 
समुदायको विकास संग सम्वन्धित अन्य निकाय संग समन्वय गराउन ।


सफल सामाजिक परिचालकमा हुनुपर्ने गुणहरु ः 
ईमान्दारीता 
सामाजिक परिचालन सम्वन्धि राम्रो ज्ञान भएको 
मिलनसार, मृदु भाषि, हंसमुख व्यक्तित्व र व्यवहारमा मनमोहक 
असल सघाउकर्ता 
कुरा वुझ्ने र निर्णय दिन सक्ने 
स्पष्ट धारणा व्यक्त गर्न सक्ने 
स्वस्थ्य, 
अनुभवी, 
सवैको विश्वास जित्न सक्ने 
कुशल संगठन कर्ता 
प्रतिवद्ध 
क्रियाकलापमा पारदर्शि 
समयवद्ध 
शिपयुक्त 
परिपक्व 
गतिशील 
गर्न र गराउन सक्ने 
आधारभूत शिक्षा युक्त 
सहनशील धैर्यशील
आत्मविश्वासी 
अनृुशासित 
सौहार्द 
समूहमा छिटै मिल्न सक्ने 
लगनशील 
मेहनती 
समूहको समस्या भित्र पस्न खोज्ने 
सवैलाई सिकाउन चाहने 
आफूले गरेर अरुलाई गर्न प्रेरणा दिने 
उपलब्धिप्रती खुसी व्यक्त गर्ने 
असफल हुंदा हरेश नखाने 
अरुको दुःख सुख वांड्न सक्ने 
साना ठूलामा भेदभाव नराख्ने 
नजान्नेलाई नहोच्याउने वरु सिकाउने 
समस्या परिचान गरी समस्याको पहिचान गर्ने 
वाटो देखाउने 
समुहलाई सहि मार्गमा जान उत्प्ररणा गर्ने 
समूहमा आईपर्ने विवाद समाधान गर्न मद्धत गर्ने 
वोलेको कुरा पु¥याउने 
सवैको आँखाको नानी वन्न खोज्ने 
खट्न र खटाउन सक्ने 
समूहको गतिविधिमा सदा अध्ययनरत र चनाखो रहने ।










सामाजिक परिचालक डरैडरको भुमरोमा 
असफलताको डर 
मूर्ख वेवकुफ वनाउने डर 
गाली खाने डर 
नराम्रो भन्लान् भन्ने डर 
वोलिएको कुरा पु¥याउन नसकिएला भन्ने डर 
भागनु पर्ला कि भन्ने डर ।

डरवाट वच्ने उपाय 
आत्मविश्वास वढाउनु 
धैर्य धारण गर्नु 
थाहा नभए थाहाछैन भन्नु 
नरम र मृदुभाषि हुनु 
समय लिनु 
समुहवाटै उत्तर खोज्ने प्रयास गर्ने ।

सामाजिक परिचालनको दायित्व 

समुदायको लागि होईन समुदायसंग कार्य गर्ने 
कृषकलाई नै अगाडि वढ्न प्रोत्साहन गर्ने । 
जनतालाई विउझाउने प्रक्रियालाई प्रथमिकता दिने 
समुदायको सदस्यसंग सुमधुर संवन्ध राख्ने   
समूह निर्माणमा समुदायको ध्यान दिनुपर्ने  सहयोगिको भूमिका निभाउने 
सामाजिक परिवर्तनलाई ध्यान दिनुृपर्ने 
जनताको सच्चा सेवक हो भन्ने कृुरा सोच्नुपर्ने 
सकारात्मक सोंचले अगाडि वढ्ने ।


सामाजिक परिचालकले ध्यान दिनुपर्ने कुराहरु 
संवन्धित विषयमा परामर्स लिए्र मात्र समूह समुदायलाई वताउने 
आयमूलक कार्यक्रमको पहिचान गरी तालिम दिलाउने 
तालिम लिन जिल्ला भित्र वा वाहिर निकायसंग सम्पर्क गराउने 
समुदायको व्यक्तिका्े लगानीलाई मध्यनजर गरी अनुगमन गर्ने 
पशु पालन वा वालिमा लाग्ने रोग किराको सावधानी गराउने 
जिल्ला वा गाउँ क्षेत्रमा उपलव्ध प्राविधिक संग अन्तरक्रिया गराउने 
आफूले नजानेको कुराहरु अन्दाजमा उत्तर नदिने 
समुदायलाई वजारको वारेमा जानकारी गराई मुल्य निर्धारण गर्ने 
तपाईको सुझाव जिवनस्तर उकास्नेसंग सम्वन्धित हुनुपर्ने 
जागिरे भन्दा सेवामुलक पेशा हो भन्ने सोच्नुपर्ने 
आफु पनि उनिहरु जस्तै संझेर काम गर्ने 
समुदायका व्यक्तिहरुमा समुह विच मासिक वा हप्तादिनमा अन्तरक्रिया गराउने 
समुदाय वा समुहलाई ठोस कुराहरुमा सहभागी गराउने 
संभावित जोखिमहरुको सजग गराउने 
स्थानिय श्रोत साधन र शीपको वढी प्रयोग गर्ने 
समुदायमा भईरहेको अनुभवलाई प्राथमिकता दिने 
समुृदायमा मानिसहरुलाई कुनै कुराको पनि आश्वासन नदिने 
भेदभाव रहित भावनाको काम गर्नुपर्ने ।


No comments:

Post a Comment